विश्व

इन्डोनेसियामा शक्तिशाली भूकम्प



एजेन्सी, १९ साउन । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बेलुका ७.३ बजे देशको बान्तेन प्रान्तमा भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।

बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ ।