काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘उपचार खर्च प्रधानमन्त्री स्वयंमले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ ।’ भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले स्वहोर्नेछ । ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन’ उनले भने, ‘प्लेन खर्च बाहेक अरु उहाँको निजी खर्च हुनेछ ।’
प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।










प्रतिक्रिया दिनुहोस्