सम्पादकीय

बसपार्कमा जग्गा कब्जा भएको खुलासा



महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ ।

ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोलमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो ।

२०५६ सालमा महानगरले ल्होत्सलाई नयाँ बसपार्क हस्तान्तरण गरिसकेपछि ल्होत्सेले बसपार्कले चर्चेको एक सय ६० रोपनी जग्गाभित्र मूल सम्झौता र गुरुयोजनाविपरीत सपिङ कम्लेक्स, व्यापारिक प्रतिष्ठान निर्माण गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।