काठमाडौँ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाको असफलता हुनु भनेको मुलुकको असफलता भएको बताउँदै अबका दिनमा देश र जनताको सामु सरकार तथा नेकपालाई असफलता हुने कुनै छुट नभएको बताउनुभएको छ ।
प्रदेश नम्बर ३ का ४० वर्षमुनिका युवा जनप्रतिनिधिको सहभागितामा अभिमुखीकरण तथा अन्तकृया कार्यक्रममा बोल्दै सांसद बस्नेतले विपिको असफलता कांग्रेसको मात्र असफलता नभई मुलुकको नै असफलता भएको बताउँदै अधिकारको लागि अघिल्लो पुस्ताले ठूलो संघर्ष गरेकाले अबको पुस्ताले देशको लागि मर्ने नभई देशको विकास र समृद्धिको ढोकालाई खोल्ने प्रकारको जनशक्ति उत्पादनको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले जनताको बिश्वास नै नेकपामा मात्र भएको बताउँदै देशको ढोका सरकारले खुल्ला गर्दै तीव्र गतिका साथ अघि बढेको बताउनुभयो । संघियताको कार्यान्वयनसँगै तीन तहको सरकार मध्ये सवैभन्दा जनतासामू प्रत्यक्ष रुपमा सहभागिता जनाउने स्थानीय सरकार भएको बताउँदै उहाँले भननुभयो, ‘स्थानीय तह यस्तो बलियो औषधी हो, जहाँ गएपछि सवै कुराको उपचार हुन्छ भन्ने मान्यता जनतामा रहेको र त्यो वास्तविकता पनि हो ।’
हरेक स्थानीय तहमा आएका समस्या समाधान गर्ने स्थानीय तह रहेको बताउँदै उहाँले जनप्रतिनिधि तथा राजनीतिक दलले सेवाका क्षेत्रहरुमा विशेष कामहरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी, सडक, सिँचाई, कला, संस्कृति, भौतिक विकासलगायतका कुराहरु जनताको माग रहेको बताउँदै उहाँले जनताको चाहना र देशको आवश्यकता अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो ।
राजनीतिलाई शुद्ध पेशा मानेर फरक प्रकारको व्यवसायिक काम गर्नुपर्ने बताउँदै सांसद बस्नेतले संविधानत प्राप्त गरेको अधिकारलाई जिम्मेवारमा रुपान्तरण गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । कुनै पनि परिवर्तन आफैबाट शुरु गर्नुपर्ने बताउँदै विवादीत कुरालाई विधि र प्रकृयाको आधरामा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
मानिसमा राष्ट्रवादी सोचको विकास र परिवर्तन हुनु जरुरी रहेको बताउँदै सांसद बस्नेतले विकास र समृद्धिको सवै राजनीतिक दल एकतावद्ध भई अघि बढ्नुको कुनै विकल्प नभएको समेत बताउनुभयो । राम्रोलाई आफुले गरेको नराम्रो जति अर्काले गरेको भनि दोषारोपण गर्ने प्रवृक्तिको अन्त्य गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘राम्रा जती हाम्रा नराम्रा जती मेरो बाउका साला भन्ने जस्तो गर्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ ।’
विकल्प दिने भनेको गाली गरेर, होच्याएर नभई मेहनत, इमान्दारीता तथा क्रियाशिलता देशाएर विकल्प दिन सकिने भन्दै उहाँले अवको दिनमा नेपालमा दुई दलभन्दा बढी आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै दलको यो मुलुकमा आवश्यक नरहेको भन्दै मुलुक दुई दलिय बाटोबाट अघि बढिरहेकाले नेकपा र कांग्रेसभन्दा अरु मधेसवादी दलहरु पनि नेकपा र कांग्रेस मध्ये एक पार्टीमा एकिकरण गरी अघि बढ्नुपर्छ ।’
कार्यक्रमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व विकासका लागि नेपालमा राजनीतिक दलको भूमिका अहम् रहेको बताउँदै युवाको भावना पन्छाएर देश समृद्ध नबन्ने भन्दै उपाध्यायले युवा लक्षति कार्यक्रममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा परिषदले ल्याएका युवा लक्षित कार्यक्रमका बारेमा जानकारी गराउँदै उक्त सरकारका योजनाहरु कार्यान्वयनमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राज्यले के गर्यो भन्दा पनि युवाले आफ्नो भूमिका खोज्नु पर्नेमा जोड दिनुभयो ।
सुमुन्द्र तिम्सिनाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा अमेरिकन दुतावासकी राजनीतिक विभाग प्रमुख रोजि कट्टेलले अब युवा आफैँसँग प्रतिस्पर्धा गर्दै, आफु र समाजको हितमा लाग्नुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्