काठमाडौँ, २१ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन विदा नपाउने बताएका छन ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले अध्ययन विदा लिएर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै सरकारले कडाई गर्न लागेको बताए ।
उनले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताउदै अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गरे ।










प्रतिक्रिया दिनुहोस्