विश्व

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन



एजेन्सी, २२ साउन । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हिजो राति निधन भएको छ ।

मंगलबार साँझ एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको उनको दिल्लीको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

स्वराजको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमार्फत शोक सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिनुभएको छ ।