Banner News

भूमि सम्बन्धी –आठौं संशोधनलाई छिटो समितिबाट पारित गरिदिन मन्त्री अर्यालको आग्रह



काठमाडौँ, २२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ‘भूमि सम्बन्धी –आठौं संशोधन’ विधेयक– २०७५ लाई छिटो समितिबाट पारित गरिदिन आग्रह गरेकी छन ।

समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री अर्यालले विधेयकलाई छिटो समितिबाट पारित गरिदिन आग्रह गर्दै विधेयकले समस्या सम्बोधन हुने विश्वास व्यक्त गरेकी छन ।

विधेयकमा मुख्य रुपमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेका जनतालाई एकपटक सरकारले निर्धारण गरेअनुसारको जमीन लालपूर्जासहित वितरण गर्ने प्रावधान छ । तर के कति क्षेत्रफलको जमीन वितरण गर्ने भन्ने विधेयकमा प्रावधान राखिएको छैन ।

उनले भनिन, ‘सुकुम्वासी सधैं सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन । उनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउन सरकारले ध्यान दिएको छ ।’

उनले संविधानको भावनाअनुसार सबै जनतासित लालपूर्जा हुने नीति सरकारको रहेको बताउँदै वितरण गरिने जमीन आवास प्रयोजनका लागि हुने प्रष्ट पारेकी छन ।