अर्थ

आज पनि बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ साउन ।  आज बुधबार पनि सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा १ हजार ५ सयले बढेर छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

महासंघका अनुसार फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको हो ।