Banner News

मन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता



काठमाडौँ, २२ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग कार्य सम्पादन सम्झौता गरेका छन ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच मन्त्री विष्ट र सचिव दाहालले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन । यसैगरी सहसचिवहरुले आ–आफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमाभित्रै हासिल गर्न चाल्नुपर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका छन ।

कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने बताउदै समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन ।

उक्त मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।