विश्व

नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन



एजेन्सी, २३ साउन । नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन भएको छ ।

८८ वर्षीया मोरिसनको न्यूयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।

सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभेड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो । मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला हुन् ।