राजनीति

भाषणले मात्र समृद्धि आउँदैन : मुख्यमन्त्री पौडेल



काठमाडौं, २४ साउन । प्रदेश-३ का मुख्‍यमन्त्री डोरमणि पौडेलले भाषणले मात्र समृद्धि नआउने बताएका छन् ।

काठमाडौंमा विभिन्न सञ्‍चार माध्यमका सम्पादकहरूसँग अन्तरक्रिया र सुझाव संकलनका क्रममा बोल्दै मुख्‍मन्त्री पौडेलले हरेक विकासका आयोजना समृद्धिसँग जोडिएको हुनुपर्ने बताएका छन ।

उनले भने, ‘कार्यशैलीमा परिवर्तन नगरेसम्म भाषणले मात्रै समृद्धि आउँदैन, आधारपत्र तयार गरिसकेका छौँ  केही समयभित्रै ३ नम्बर प्रदेश रूपान्तरणमा जान्छ ।’

सबैभन्दा महत्त्वपूर्ण कृषि उत्पादनमा जोड दिएर केही वर्षपछि कृषि सामग्रीहरू निर्यात गर्न सकिने उनले विश्वास व्‍यक्त गरे । माछा, मासु, अण्डामा आत्मनिर्भर बन्न र सामूहिक खेतीमा आफूहरूको जोड रहेको पनि मुख्‍मन्त्री पौडेलले बताए ।

एक जिल्ला एक उत्पादन केन्द्र निर्माणका लागि मकवानपुरका मनहरीमा ठूलो उद्योग सञ्‍चालन गरिने र सन् २०८५ सम्ममा डिजेल पेट्रोलका बस विस्थापित  गरिने उनको भनाइ छ ।