विश्व

नवाज शरिफकी छोरी मरियम नवाज पक्राउ



एजेन्सी, २४ साउन । पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफ पक्राउ परेकी छन् ।

बिबिसीका अनुसार बुधबार साँझ उनलाई पाकिस्तानी जाँच एजेन्सी नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)ले  सुगर मिल मुद्दामा पक्राउ गरेको हो ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार मरियमलाई उनको बुबा एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई लखपत जेलमा गएका बेला पक्राउ गरिएको हो ।