समाचार

आजको मौसम



काठमाडौँ, २४ साउन । आज शुक्रबार काठमाडौँ लगायत देशभरका मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

आज रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।