गुल्मी, २५ साउन । गुल्मीमा डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शुक्रबार साँझ दरबार गाउँपालिका वडा नम्बर ३ गुम्टेमा लु १ च ५४५५ नम्बरको जीप दुर्घटनामा हुँदा छत्रदेव गाउँपालिका ७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको उपचारको लागी पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा अन्य ४ जना घाइते भएका छन । घाइते हुनेमा रेसुङ्गा नगरपालिका-३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका १२ का शेर बहादुर बिक र अर्घाखाँची छत्रदेव गाउँपालिका ७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय रहेका छन् ।
उनिहरुको उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्