अर्थ

एनआईसी एशिया बैंक र चौराहा हस्पिटल बुटवलबीच सम्झौता



काठमाडौँ, २५ साउन । एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल बुटवलबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन ।

बैँकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैँकले १७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।