राजनीति

सडक निर्माणको विरोध गरे तीन महिना कैद



जनकपुरधाम, २५ साउन । प्रदेश २ सरकारले सडक निर्माण, विस्तार वा सुधार गर्ने क्रममा विरोध गर्नेलाई तीन महिनासम्म कैद सजायँ गर्ने भएको छ ।

प्रदेश सभाबाट पारित प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार हुलहुज्जत, बाधा विरोध गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

कुनै सार्वजनिक सडकको निर्माण, विस्तार वा सुधार गर्ने काम पूरा नभएसम्म आवश्यक निर्माणका सरसामान उपकरण राख्न त्यस्तो निर्माण विस्तार वा सुधारसम्बन्धी कार्यको रेखदेख वा नियन्त्रण गर्ने व्यक्तिहरु बस्ने घर, कटेरो बनाउन अरु जग्गा प्रयोग गर्न सकिने विधेयकमा उल्लेख छ ।

कुनै व्यक्तिले आफ्नो बासस्थानको निम्ति प्रयोग गरी राखेको घर, टहरा वा भवन, देवस्थल, सार्वजनिक विद्यालय, अस्पताल, धर्मशाला वा अनाथालयको निम्ति प्रयोग भइरहेको जग्गा विशेष परिस्थिति परेबाहेक प्रयोग नगर्ने विधेयकमा उल्लेख छ ।