Banner News

वातावरण नजोगाउने हो भने डाईनोसरको अबस्थमा मानिस पुग्ने खतरा : मन्त्री बास्कोटा



भक्तपुर, २६ साउन । सूचना, संचार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाले मानिसले वातावरण नजोगाउने हो भने डाईनोसरको अबस्थमा मानिस पुग्ने बताउनु भएको छ ।

शनिबार सूर्यविनायक नगरपालिका २ बालकोटमा सार्वजनिक निजी सहकारी यात्रा, स्वच्छ, सफा हरियाली सडक प्रबद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले मावन कै कारण डाईनोसर जस्तै लोप हुने अबस्थामा पुग्न सक्ने खतरा रहेको बताउनु भएको हो । मन्त्री बास्कोटाले भन्नुभयो–“ठूलो औद्योगिकरणको प्रतक्ष्य असर हिमाललाई परिरहेको छ, वातावरण प्रदुषण बढिरहेको छ, अब मानिस डाईनोसर हुने कि नहुने ?”

उहाँले विकास पृथ्वी र मावन जातीका हितका लागि भएको बताउदै रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो संकट आउने उहाँको भनाई थियो । संचार मन्त्री बास्कोटाले ठूलो औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भूटानलाई समेत निकै असर गरिसकेको छ भन्दै उहाँले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताउनुभयो ।

मानिस आफू गल्ती गर्ने र दोष सरकारलाई दिने प्रबृत्ति बढेको बताउदै उहाँले मन्त्री बास्कोटाले भन्नुभयो–“मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहोर बाटोमा ल्याएर फाल्छ, अनि फोहोर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रबृत्तिबाट मानिस अब माथि उठ्नु पर्छ ।”

मुस्ताङ्गको स्याऊ फालेर कास्मिरी स्याऊ खोज्ने प्रबृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिदै उहाँले प्धानमन्त्रीले सडकको दायाँबायाँ पनि फलफूलको विरुवा रोप्न सकिने बताउनुभयो । कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले अबको तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीको सबै समस्या समाधान हुने बताउनुभयो ।

उहाँले अब मानिसको माग त्यसमा नरही हरियाली स्वच्छ वातावरण, पार्क, खेल मैदान, सामुदायिक भवनजस्ता विषयमा हुने बताउदै अब भक्तपुर समृद्धिमा अगाडि बढ्दै चेतनाको स्तर उकास्दै गएको भनाई राख्नुभयो ।

सांसद बस्नेतले भक्तपुर रचनात्मक र सृजनशिल रुपमा अगाडि बढेको चर्चा गर्दै राज्यको लगानी बनिा नै सुरु भएको हनुमन्ते सफाई अभियान, राजमार्ग सफाई अभियान, हरियाली प्रबद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान संचालन हुने बताउनुभयो ।