समाचार

सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् !



काठमाडौँ, २८ साउन । सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने भएको छ ।

कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना (सुराकी) सरकारलाई दिएमा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ ।

यद्यपि, सो रकम सुराकीको प्रकृतिको आधारमा निर्धारण गरिएको छ । सबै खालको सुराकीमा १० लाख पाइँदैन ।

सुराकीको प्रकृति अुनसार सुराकी दिएबाट पक्राउ भएको माल वस्तु लिलाम विक्री गरिसकेपछि विक्री पश्चात प्राप्त भएको रकमको निश्चित प्रतिशत सुराकीले पाउँछ । भन्सार नियमावली २०६४ को १ मा पुरस्कारसम्बन्धी व्यवस्था गरेको छ ।

तर, बहुमूल्य धातु (सुन, चाँदी, जवाहरत) मुद्दामा सुराकी दिने वा मालवस्तु सहित मानिस पक्राउ गरेर पेश गर्नेलाई वस्तु लिलाम विक्रीबाट प्राप्त भएको १० प्रतिशत वा १० लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिइनेछ ।