Banner News

नेकपा सचिवालय बैठक बिहीबार सम्मको लागि स्थगित



काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सचिवालय बैठकअगाडी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सहमति जुट्न नसकेपछि आज बुधबार बस्ने भनिएको बैठक भाली बिहीबारसम्मको लागि सरेको हो ।

विवादित स्कुल विभागमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बुधबार बालुवाटारमा छलफल भएको थियो, तर सो विवादित विषयमा सहमति मिल्न सकेन ।