काठमाडौँ, ३० साउन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।
बैँकका अनुसार आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकलाई एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था गरेको छ । उक्त योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।
विप्रेषण रकम यस बैँकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३५ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्