राजनीति

गाईजात्रा सबै समुदायको साझा पर्व : सांसद बस्नेत



भक्तपुर, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गाइजात्रा सबै नेपाली समुदायको साझा पर्व भएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू) स्थित पानी ट्याङ्की क्षेत्रका नेवार समुदायका स्थानीयलाई बुधवार एक सय जनालाई टिसर्ट वितरण गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले गाईजात्रा पर्वले नेपाली सँस्कृति जगेर्ना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाई जात्रा हाम्रो कला हाम्रो सँस्कृति र हाम्रै सम्पत्ति हो ।”

गाईजात्रा नेवार समुदायको मात्र नभइ सबै समुदायको पर्व भएको भन्दै उहाँले गाईजात्रामा गैरनेवार समुदायका व्यक्ति सहभागि हुने र तिजमा नेवार समुदायका व्यक्ति सहभागि भएर सँँस्कति आदान प्रदान गर्ने कार्य गुण्डूबाट शुरुवात हुने बताउनुभयो ।  नयाँ पुस्ताले गाईजात्रा जगेर्ना गर्न थालिसकेकाले कम्तिमा एक सय वर्षसम्म गाईजात्र पर्व नमासिने उहाँले उद्घोष गर्नुभयो ।

२० वर्ष अगाडि सबै भन्दा दुर्गम गाविसको रुपमा चिनिएको गुण्डू अहिले सबै भन्दा सुगम क्षत्रको रुपमा अगाडि बढेको स्मरण गर्दै सांसद बस्नेतले स्थानीय पूर्वाधार विकस साझेदारी कार्यक्रम र नगरपालिकाले प्रत्येक टोलमा सामुदायिक भवन निर्माणको थालनी गरेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरीता कुँवरले गाईजात्रा पर्वले गाईजात्रा पर्वले समुदायलाई जोड्ने काम गरेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले गाईजात्रा पर्वले सँस्कृति जर्गेना गर्न सहयोग पुगेको बताउनुभयो । गाईजात्रा पर्वलाई जिबन्त राख्नकै लागि नगरपालिकाले एक सय जना नेवार समुदायलाई टिसर्ट वितरण गरिएको बताउनुभयो ।