समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको डरले टेन्डर खोल्ने प्रक्रिया बन्द



काठमाडौँ, ३१ साउन । उच्च पदाधिकारी अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उच्च पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएपछि प्रतिष्ठान अस्तव्यस्त बनेको हो ।

निमित्त उपकुलपति डा गुरु खनालले सामान्य दैनिक प्रशासन र अस्पताल निर्देशक डा गौरीशंकर साहले नियमित ओपीडी मात्र सञ्चालन गरिरहेका छन् । प्रतिष्ठानले यसअघि सुरु गरेका ठूला परियोजना स्थगित हुने अवस्थामा छन् ।

बिरामी उपचारका लागि चाहिने मेडिकल उपकरणका सामानमध्ये कतिपय सकिन लागेका छन्, कतिपय सकिएका छन् । अख्तियारको डरले सामग्री खरिदका लागि निर्देशन दिने र टेन्डर खोल्ने प्रक्रिया बन्द भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।