समाचार

पौडी खेल्ने क्रममा एक जना दूधकोसीमा बेपत्ता



ओखलढुंगा, ३२ साउन । पौडी खेल्ने क्रममा दूधकोसी नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

चिसंखुगढी गाउँपालिका—१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दूधकोसी २० वर्षीय चन्द्रबहादुर खड्का बेपत्ता भएका हुन ।

बेपत्ता भएका खड्काको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। काठमाडौँबाट आयुर्वेदिक औषधि बिक्री वितरणको लागि ओखलढुंगा पुगेका खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा खड्कालाई नदीले बगाएको बताइएको छ ।