काठमाडौँ, ३२ साउन । आज शनिबार काठमाडौँ लगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी प्रणालीका कारण आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाकाले जनाएको छ ।
यस्तै, देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्