राजनीति

रवि लामिछाने कानून भन्दा माथि छैनन, अनुसन्धान हुन्छ : मन्त्री ज्ञवाली



गुल्मी, १ भदौ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले टेलिभिजन प्रस्तोता रवि लामिछानेले कानुनभन्दा माथि नरहेको बताउँदै उनीमाथि अनुसन्धान हुने बताउनुभएको छ ।

गुल्मीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले कानुनले सवैलाई समान रुपमा हेर्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको बताउनु भयो । मन्त्री ज्ञवालीले भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको बताउनुभयो । ‘कानुनभन्दा माथि रविजी पनि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘भिडियो इडिटको कुरा आएको छ, त्यसका विषयमा पनि पक्कै अनुसन्धान हुनेछ ।’

पत्रकार सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले मरेको मानिस कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताउनु भयो । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको शिलशीलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी पाँच दिनको म्याद लिएको छ ।