सम्पादकीय

सुनसरीमा डेंगु बिरामीको संख्या ३ हजार २ सय ६६ पुग्यो



सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छ ।

बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र ३ हजार १ सय ७३ जना रहेका छन् । डेंगुका कारण अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार धरान वडा नंम्बर १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो ।

जिल्लाभरको रेकर्डअनुसार २०७६ वैशाख ३० गतेदेखि साउन २८ गतेसम्म सबैभन्दा बढी धरानमा बिरामीको संख्या रहेकोमा इटहरीमा ६३ जना र इनरुवामा ३० जना भएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ ।

धरानमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आग्रह अनुसार डेंगु नियन्त्रणका लागि कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।