Banner News

सात प्रतिशत आर्थिक वृद्धिदर पुगेको छ, यो नेपालको एतिहासको रेकर्ड हो : प्रम ओली



काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सात प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर पुगेको र यो नेपालको एतिहासको रेकर्ड भएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले अहिले सरकारको सम्पूर्ण प्रयास विकास निमार्णतिर रहेको बताउदै उनले भने, ‘केही पनि भएन, केही पनि भएन भनेको सुनिन्छ । केही नहुँदा पनि सात प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर पुगेको छ, जुन ऐतिहासिक हो । यो नेपालको एतिहासको रेकर्ड हो ।’

‘ठिक छ केही भएन मानिलिऊँ- अर्को वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि हुनेछ । फेरि केही भएन भन्नु होस्, ९.५ प्रतिशत पुग्छ, ‘अर्को वर्ष फेरि केही भएन भन्नुहोस्, अर्को वर्ष ११ प्रतिशत पुग्छ । अझ केही भएन भन्नुहोस्, हामी त्यो भन्दा बढाउने कोसिसमा लाग्नेछौँ । त्यसैले केही भएन भन्नेले हामीलाई सजक गराएको प्रति धन्यवाद भन्न चाहन्छु ।’

‘यो सरकार चुनौतीहरुको समना गरेर आएको पृष्ठभूमि छ, ठूलठूला अप्ठ्यारा र चुनौतीहरुको सामना गरेर, जुन संस्था र निकायहरुका शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु, ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ ।’

उनले राजसंस्थातर्फ इंगित गर्दै अहिले चिहानमा गएर हड्डी खोजेर त्यो संस्था फर्काउछु भन्ने खालको परिकल्पना कसैले गर्न नहुने समेत बताए  । उनले भने, ‘यो बेमौसमको बाजा नबजाए हुन्छ, ‘सरकाले देखाएको यो उदारता नपत्याएको हो भने पत्याएको दिन संविधानले नै व्यवस्था गरेको यो लोकतन्त्ररगणतन्त्रको रक्षाको लागि सरकार मैदानमा उत्रिन्छ । यसको रक्षा र कार्यान्वन गर्छ ।’