काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ वरियता कायम भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष द्वयपछि पूर्वप्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता झलनाथ खनाललाई बनाउने निर्णय गरेको छ । त्यस्तै अब पार्टीको तेस्रो वरियतामा माधवकुमार नेपाल रहनुहुनेभएको छ । पार्टी एकताका समयमा खनाल विदेशमा भएको बेला नेपाललाई र त्यस पछि खनाललाई राखेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माधवकुमार नेपाल भन्दा झलनाथ खनाललाई वरियतामा अगाडी राखेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले झलनाथ खनाललाई वरियतामा माधव नेपाल भन्दा अगाडी राखिएको जानकारी दिनुभयो । ‘नेकपामा वरिष्ठ नेताको वरियता क्रममा पनि हेरफेर गरिएको छ’, उहाले अगाडी भन्नुभयो,‘वरिष्ठ नेता पहिलो मर्यादा क्रममा कमरेड झलनाथ खनाल र त्यसपछि कमरेड माधवकुमार नेपाललाई राखिएको छ ।’










प्रतिक्रिया दिनुहोस्