राजनीति

सांसद डा. यादवद्वारा राजीनामा फिर्ता



काठमाडौँ, २ भदौ । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले प्रतिनिधिसभाबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।

प्रतिनिधिसभा सदस्यबाट साउन २७ गते राजीनामा दिएका डा. यादवले उक्त निर्णयमा पुनर्विचार गर्दै राजीनामा आइतबार फिर्ता लिएको समाजवादी पार्टीका महासचिव तथा सांसद रामसहायप्रसाद यादवले जानकारी दिनुभयो ।

डा. यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संघीय संसदको प्रतिनिधिसभामा पुग्नुभएको थियो । निर्वाचन क्षेत्रको जनताहरूको तथा पार्टीको सुझाव अनुसार राजिनामा फिर्ता लिइएको बताइएको छ ।