जाजरकोट, २ भदौ । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो ।
विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिनु भयो ।
वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न प्राधिकरणले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्