एजेन्सी, ३ भदौ । भारतमा बाढिका कारण उत्तराखण्डमा १७ जना र हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ ।
भारतको मौसम विभागले हिमाचल, उत्तराखण्ड, मध्य प्रदेश लगायत १० प्रदेशमा धेरै वर्षा हुने चेतावनी दिएको छ । साथै उत्तरी र पहाडी क्षेत्रमा अत्याधिक वर्षासँगै जनजीवन कष्टकर बनेको छ ।
वर्षासँगै भारतमा ९ वटा राजमार्ग बन्दा भएको छ भने ८ सय ७७ वटा सडकहरु प्रभावित भएका छन् । यता, भारतको राजधानी दिल्लीमा ४० वर्षयताकै अत्याधिक वर्षा भएको बताइएको छ ।
वर्षाका कारण प्रभावितहरुलाई उद्धार गरि सुरक्षित स्थान तर्फ स्थानतरण गर्ने प्रयास भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्