समाचार

चन्दा उठाउँने दुईजना पक्राउ



वर्दिया, ४ भदौ । वर्दियामा अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार गुलरिया नगरपालिका-५ मतङगा चोकबाट अवैध रुपमा चन्दा उठाई रहेको अवस्थामा ठाकुरबाबा नगरपालिका-३ का ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका=४ का ३६ वर्षीय बिसोम्बर थारु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १ थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक १ थान, गाउँपालिका समूह गठन गरेको बुक १ थान, विभिन्न ब्यक्तिबाट चन्दा उठाएको बुक १ थान र ४ हजार ३ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।