मकवानपुर, ४ भदौ । मकवानपुरको विभिन्न स्थानबाट १ सय ३ केजी लागुऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज हेटौंडामा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि २१ केजी ५ सय ग्राम गाँजासहित भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, सोही स्थानका राजकुमार, भारत मोतिहारीका ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्रप्रसाद यादवलाई पक्राउ गरिएको जानकारी दिएका छन
त्यस्तै ८१ किलो ७ सय ग्राम केजी गाँजासहित सप्तरी जिल्लाका घुरण साहलाई पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलाँसेबाट नियन्त्रणमा लिइएको जनाएका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिइएको साह सो स्थानमा उक्त परिमाणको लागूऔषध गाँजा अन्यत्र लैजान आफूले बोलाएको सवारी पर्खिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्