काठमाडौँ, ४ भदौ । आफ्नै श्रीमानले ४५ जना युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
पाकिस्तानको रावलपिन्डीमा उक्त आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गर्दा आरोपी कासिम जहांगीरले ४५ युवतीमाथि यौन शोषण गरेको स्विकारेका छन् ।
उनलाई यो कुकृत्यमा श्रीमतीले पनि सघाउने गरेको खुल्न आएको छ । पुलिसले आरोप कासिम जहांगीर र उनकी श्रीमती किरण महमूदलाई पक्राउ गरेको छ । यो जोडीले युवतीहरुलाई यौन शोषण गरेर फोटो र भिडियो बनाउने गर्दथे । अश्लील फोटो–भिडियोलाई एडल्ट साइटमा बेच्ने गर्दथे ।
ट्रिब्यून डट कम डट पिकेको रिपोर्ट अनुसार आरोपी जोडीले कम्तीमा १० पीडितको भिडियो बनाएको स्विकारेका छन् । स्थानीय पुलिस अधिकारी मोहम्मद फैसल राणाले अल्लामा इकबाल ओपन युनिभर्सिटीकी एक एमएमसीकी छात्राले उजुरी दिएपछि पुलिसले कारवाही गरेको हो ।
मिडिया रिपोर्टका अनुसार आरोपीले ८ देखि १२ वर्षका बालिकाहरुमाथि पनि यस्तो गरेको स्विकार गरे । पुलिसका अनुसार ल्यापटप, हार्डडिस्क र दुई मोबाइल फोन जफत गरेर फरेन्सिक जाँचका लागि पठाइएको छ । पुलिसका अनुसार जोडीले दुई उद्देश्यसहित यी अपराध गरेका हुन् । उनीहरु ब्ल्याकमेल गरेर पीडित महिलाको परिवारसँग पैसा उठाउन चाहन्थे भने अन्तरराष्ट्रिय सेक्स ट्रेडर्सलाई भिडियो आपूर्ती गरेर पैसा कमाउन चाहन्थे ।
प्रतिक्रिया दिनुहोस्