काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन ।
बुधबार गृहमन्त्रलयाले आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झै १५ वर्ष बाच्ने बताएका हुन ।
उनले भने, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु ।’ ‘म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’
भोलि उपचारको लागि सिङ्गापुर जान लागे भए पनि आफू बिरामी नभएको बताउदै भने, ‘म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ ।’










प्रतिक्रिया दिनुहोस्