समाचार

रक्तचन्दनको तेलसहित तीन जना पक्राउ



काठमाडौँ, ४ भदौ । काठमाडौँबाट बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६, नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको प्रहरीले जनाएको छ  ।

 पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको परह्रिले जनाएको छ ।