भक्तपुर, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा भक्तपुरको विकास आर्थिक अभावले नरोकिने बताउनुभयो ।
बुधबार नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना इकाई (शिक्षा) भक्तपुरद्वारा निर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित बालशिक्षा आधारभुत विद्यालयको ४ कोठे पक्की भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुरको विकास आर्थिक अभावले नरोकिने बताउनुभयो ।
वर्तमान समयमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजना, भौतिक संरचनाको विकास साथै त्यसको लागि आवश्यक पर्ने बजेटको व्यवस्था व्यापक मात्रामा बृद्धि भएको बताउँदै भक्तपुरको विकासमा दरवार (राष्ट्रिय गौरवको आयोजना, भौतिक विकास तिव्र गतिमा अघि बढेको) पनि र घरवार (आर्थिक, प्रशासनिक तथा व्यवस्थापन) पनि आवश्यक मात्रामा रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले भक्तपुरको विकास उज्यालो सूर्यचन्द्र जस्तै भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा नयाँ सहर, आधुनीक वीर अस्पताल, अन्तर्राष्ट्रिय स्तरको सभागृह, खेल मैदान, प्राणी उद्यानलगायतका धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको छ । परिवर्तन जनताको चाहना, आवश्यकता र स्रोत साधनको उपलब्धतालाई सन्तुलन गर्नु नै भक्तपुरको विकास हुनु हो ।’










प्रतिक्रिया दिनुहोस्