काठमाडौ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाँदै हुनुहुन्छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो, प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।”
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गर्नुभएको थियो । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्