काठमाडौँ, ५ भदौ । नायक रमित ढुंगानाको फिल्म ‘राजा साहेब’ यसै साताबाट छायांकनको सुरु हुने भएको छ ।
छायांकनको पूर्वसन्ध्यामा चलचित्रको मुख्य भूमिकामा नायक किशोर खड्का थपिएका छन् । निर्माण पक्ष र किशोरबीच केही दिन अगाडि नै लिखित सम्झौता भइसकेको छ ।
विचल किरातीको निर्देशन रहेको उक्त फिल्ममा रमित र किशोरसँगै धिरेन शाक्य, जयकिसन बस्नेत, उमेश खड्का, टार्जनको पनि मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट सोनिका केसी र आइशा राईले चलचित्रमा डेब्यु गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्