एजेन्सी, ५ भदौ । इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले राजिनामा दिने तयारीमा रहेको बताएका छन ।
इटालीका सञ्चारमाध्यमहरू अनुसार मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजिनामा दिन लागेको खुलासा गरेको जनाएका छन् ।
प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, ‘संसदको बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय लिएको छु ।’
संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा भएको हो ।
प्रतिक्रिया दिनुहोस्