Banner News

विज्ञानलाई आत्मसात गरेमात्रै प्रतिगमनलाई परास्त गर्न सकिन्छ : अध्यक्ष दाहाल



ललितपुर, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञानलाई आत्मसाथ गरेर अघि बढेमात्रै प्रतिक्रन्ति र प्रतिगमनलाई परास्त गर्न सकिने बताएका छन ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैज्ञानिक र विज्ञानसँग आत्मसात गर्नसक्नुपर्ने भन्दै विज्ञानलाई आत्मसाथ गरेर अघि बढेमात्रै प्रतिक्रन्ति र प्रतिगमनलाई परास्त गर्न सकिने बताएका हुन ।

अध्यक्ष प्रचण्डले पार्टी एकता प्रकृया लगभग टुङ्गिएको बताउदै उनले भने, ‘पार्टी एकता केही ढिलो त भयो तर, करिवकरिव टुङ्गिएको छ । अव समाजवादउन्मुख गराउने प्रकृयामा हामी लागेका छौ ।, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’