Banner News

पाँच वर्षभित्रमा देशले काँचुली फेर्छ : सञ्चारमन्त्री बाँस्कोटा



अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउँदै आगामी पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने दावी गर्नुभएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै मन्त्री बाँस्कोटाले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताउनु भयो । उहाँले देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको समेत बताउनुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताउनुभयो । मन्त्री बाँस्कोटाले सरकारले विकास गरेन भनेर भन्ने दुस्प्चार भैरहेका बताउँदै सरकारले गरेका कामलाइ राम्रोसँग नियाल्न पनि आग्रह गर्नु भयो । रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने बताउँदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताउनुभयो ।

आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुबाट हुन नसकेको गुनासो गर्दै मन पत्रकार आचारसंहिताभित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।