Banner News

धमिलो पानीमा माछा मार्नहरु जनतालाई भ्रम छर्ने प्रयासमा छन् : मन्त्री बाँस्कोटा



बुटवल, ९ भदौ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धमिलो पानीमा माछा मार्न खोज्नेहरु बेलाबेलामा सानातिना घटनालाई लिएर जनतालाई भ्रममा पार्ने प्रयासमा गरिरहेको बताउनुभएको छ ।

आइतबार बुटवलमा प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा प्रवक्ता बाँस्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको र हुन पनि नसक्ने ठोकुवा गर्नुभयो । गणतन्त्रमाथि हमला गर्ने तत्वहरु भने सक्रिय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘जनताले लडेर, बलिदान दिएर ल्याएको गणतन्त्रमाथि कतैबाट खतरा छैन र हुन पनि सक्दैन, तर हमला गर्ने तत्वहरु भने सक्रिय छन् । धमिलो पानीमा माछा मार्न खोज्नेहरु बेलाबेलामा सानातिना घटनालाई लिएर जनतालाई भ्रममा पार्ने प्रयासमा छन् ।’