राजनीति

आर्थिक सशक्तिकरण नभई सामाजिक रूपान्तरण सम्भव छैन : मन्त्री थापा



काठमाडौं, ९  भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक सशक्तिकरण नभई सामाजिक रूपान्तरण नहुने बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा संयुक्त राष्ट्र सङ्घीय एसिया तथा प्रसान्त क्षेत्रका लागि आर्थिक एवं सामाजिक आयोग –(इस्काप) र क्यानडाको सहयोगमा आइतवार राजधानीमा आयोजित ‘नेपालमा महिला उद्यमसिलता’ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले राजनीतिक क्षेत्रमा महिला सहभागिता बढेको छ भन्नुहुदै महिला आर्थिक पाटोबाट पनि सशक्त हुनुपर्छ, त्यसका लागि महिला उद्यम क्षेत्रमा आउनुपर्छ र आएकालाई टिकाउन पनि समय–समयमा यस्ता कार्यक्रमको आयोजना हुनुपर्छ भन्नुभयो ।

सो मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सातै प्रदेशका महिला उद्यमीको सहभागितामा आयोजित कार्यक्रमको निष्कर्षले महिला उद्यमसिलताको विकास र विस्तारका लागि योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।

वित्तिय पहुँच, सूचना र प्रविधीको प्रयोग, र उद्योगमा लैङ्गिकमैत्री वातावरण सृजनाका लागि उक्त संस्थाहरूको सहयोगमा आयोजित छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकलगायतका वित्तिय संस्थाहरू, नगरपालिका सङ्घ, राष्ट्रिय योजना आयोगका प्रतिनिधिको सहभागिता रहेको मन्त्रालयका सह–सचिव रूद्रा शर्माले जानकारी दिनुभयो ।