समाचार

पर्यटनमन्त्री भट्टराईले गरे वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट



काठमाडौ, ९ भदौ ।पर्यटनमन्त्री योगेश भट्टराईले जनपक्षिय निर्णय गर्नुभएको छ । उहाले अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ ।

आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गर्नुभयो । उहाले पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरी त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गर्नुभएको छ । विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने बताउनु भयो ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकारले तोकेको संवैधानिक निकायका सम्माननीय उपाधि पाएकालाई मात्रै गाडीसहित जान दिइने पनि बताउनु भयो । जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्। मन्त्री भट्टराईले त्यसक्रममा पशुपति, नेपाल वायुसेवा, लुम्बिनीसहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याउनु भएको छ ।