राजनीति

पत्रकार लामिछाने रिहा



काठमाडौँ, ९ भदौ । न्यूज २४ का टिभी प्रस्तोता रवि लामिछानेलाई  पाँच लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यस्तै युवराज कडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने अदालतले आज आदेश दिएको हो  । चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।