Banner News

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट गर्ने मन्त्री भट्टराईको घोषणा



काठमाडौँ, १० भदौ । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले उक्त घोषणा गरेका हुन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

उनले तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने र सो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने समेत घोषणा गरेका छन् ।

उनले भने, ‘यो नेपालको प्रवेशद्वार हा, यसलाई अव्यवस्थित राख्नु हुँदैन ।’ मन्त्री भट्टराईले पशुपतिनाथ  मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने बताउदै उनलेजेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने समेत बताए ।