काठमाडौँ, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा शिक्षालाई प्रविधि तथा रोजगारसँग जोडेर सामुदायीक, सरकारी र नीजि क्षेत्रको साझेदारीको माध्यमबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आताबरको बैठकमा शिक्षा मन्त्रालयसँग सम्बन्धित बिषयमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारी तथा सामुदायिक विद्यालयमा उपयुक्त भौतिक संरचना र शिक्षक पर्याप्त हुँदा पनि विद्यार्थीहरुको आकर्षण घटिरहेकाले सरकारी शिक्षाको संरचनालाई परिवर्तन गर्दै आधुनिक प्रविधियुक्त शिक्षा बनाउनुपर्नेमा जोड दिनुभयो ।
सीमित श्रोत र साधनमा सञ्चालिन निजी विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढिरहेको प्रति संकेत गर्दै सांसद बस्नेतले शिक्षालाई प्रविधि र रोजगारीसँग जोडेर लैजानुपर्ने धारणा समेत राख्नुभयो । सांसद बस्नेतले निकट भविष्यमा नै संघीय सरकारले ल्याउन लागेको शिक्षा नियमावलीमा पब्लिक, प्राइभेट पार्टनरशीपको मोडालिटीमा जान उपयुक्त हुने बताउँदै यसमा सरकारले के तयारी गरिरहरेको छ रु भनी प्रश्न गर्नुभयो ।
प्रश्नको उत्तर दिँदै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौँ उपत्यका बाहेक मुलुकका धेरै भागमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको बताउनुभयो । उहाँले नेपालको शिक्षामा निजी क्षेत्रको योगदान पनि उल्लेखनीय रहेको बताउँदै शिक्षाको गुणस्तरीयतका लागि विभिन्न खालको साझेदारी गर्दै लगिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्