काठमाडौँ, १२ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले बैँकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु.१० ९१०५० ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनी महानुभावहरुलाई वितरण गरिनेछ ।
बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल हुन सफल भएको छ ।










प्रतिक्रिया दिनुहोस्