राजनीति

असोज भित्र नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गछौँ : मन्त्री मगर



दोलखा, १३ भदौ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले आगामी असोजभित्र नेपाललाई खुल्ला दिशामुक्त राष्ट्रको रुपमा घोषणा गर्ने बताउनुभएको छ ।

बिहीबार एक समारोहका बीच दोलखालाई मुलुकको ६७ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा कार्यक्रममा बोल्दै मन्त्री मगरले देशैभरी पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बढेको बताउँदै भन्नुभयो, ‘हामी स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर देशैभरीका लागि सरसफाइ योजना बनाउँदै छौँ । अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रीत गर्दैछौँ । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन । यसको महत्वलाई आत्मसात गर्नु पर्दछ ।’

जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीमा शौचालय निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको बताउनुभयो ।